अनुसूची
सैनिक विविध सेवाको विभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता

(नियम ६ सँग सम्बन्धित)

१. सैनिक विविध सेवाको बिभिन्न पदको खुल्ला तथा आन्तरिक प्रतियोगितामा उम्मेदवार हुनको लागि आवश्यक पर्ने योग्यता देहाय बमोजिम रहेको छः–
(क) नेपाली नागरिक,
(ख) उपसेनानी पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई पुरुषको हकमा उनन्तीस वर्ष र महिलाको हकमा तीस वर्ष ननाघेको र अन्य पदको लागि अठार वर्ष पूरा भई पच्चीस वर्ष ननाघेको,तर,
(१) नेपाली सेनामा कार्यरत योग्यता पुगेका सैनिक व्यक्तिले पैतीस वर्ष उमेर पूरा नभएसम्म बढीमा तीन पटक आवेदन दिन सक्नेछ ।
(२) बन्दोबस्ती कार्य समूहको सिपाही पदको लागि आवेदन दर्ता गर्ने अन्तिम मितिसम्म अठार वर्ष उमेर पूरा भई छब्बीस वर्ष ननाघेको हुनु पर्नेछ ।
(ग) पुरुषको हकमा उचाई कम्तीमा ५ फिट ३ इन्च, छाती नफुलाउँदा ३२ इन्च र फुलाउँदा ३४ इन्च, वजन ५० के.जी. (११० पौण्ड) भएको र महिलाको हकमा उचाई कम्तीमा ५ फिट र वजन ४० के.जी. (८८ पौण्ड) भएको,
(घ) बडी मास ईन्डेक्स (बी.एम.आई) योग्य र स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओए–जी दुई वा सो भन्दा कम हुनु पर्ने,
(ङ) आँखा + दुई भन्दा बढी कमजोर नभएको,
(च) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको,
(छ) तत्काल कुनै राजनैतिक दलको सदस्य नरहेको,
(ज) कुनै आपराधिक गतिविधिमा संलग्न नभएको वा नरहेको,
(झ) कुनै विध्वंसात्मक उद्देश्य भएको संस्थाको सदस्य नभएको वानरहेको,
(ञ) नेपाल विरुद्ध जासुसी गरेको अभियोगमा सजाय नपाएको,
(ट) मानव अधिकार र मानवीय कानूनको उल्लङ्घनमा सजाय नपाएको,
(ठ) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त नभएको

२. सैनिक विविध सेवाको आन्तरिक प्रतियोगिताद्वारा बढुवा हुनेपदको लागि देहाय बमोजिमको थप योग्यता पूरा गरेको हुनु पर्नेछः–
(क) बडी मास ईन्डेक्स (बी.एम.आई) योग्य र स्वास्थ्य वर्गीकरण एमइडिडिआइसिसिओए–जी दुई वा सो भन्दा कम हुनु पर्ने,
(ख) शारीरिक तन्दुरुस्ती परीक्षा (बि.एफ.टि.) उत्तीर्ण गरेको,
(ग) युनिटपतिको सिफारिस भएको ।